सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युतकाे १७ करोड ...
फागुन १, २०८१ बिहिबार
जाजरकोट – जाजरकाेटमा जङ्गली च्याउ खाँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । च्याउको तरकारी खाँदा कुशे गाँउपालिका १ स्याक्रीका थप तीन जनाको मङ्गलबार ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
जनक चलाउनेकी तीन वर्षीया छोरी अन्जना, आउसरा, निरुता सिंह र धनसरा चलाउनेको ज्यान गएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
गएको शुक्रबार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये सात जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।