नेप्से दाेहाेराे अङ्कले घट्यो, १ अर्ब ६८ करोड रुपैयाँको कारोबार

 साउन १४, २०७७ बुधबार १७:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से परिसूचक बुधबार २३ दशमलव ३६ अङ्कले घटेको छ । मङ्गलबार साढे ७ अङ्कभन्दा धेरैले घटेको परिसूचक बुधबार पनि घटेको हो ।

बुधाबार नेप्से परिसूचक घटेर १४ सय ३१ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बुधबार पाँच दशमलव १८ अङ्कले घटेर तीन सय दशमलव ४९ अङ्कमा झरेको छ ।

बुधबार सबै समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको एक सय ९० दशमलव ८२ र निर्जीवन बीमा समूहको एक सय ५९ दशमलव ८७ अङ्कले उपसूचक घटेको हो । दिनभर एक अर्ब ६८ करोड रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने मङ्गलबारकाे तुलनामा धेरै हो । मङ्गलबार एक अर्ब ५९ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।

बुधबार नेपाल रिइन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १५ करोड ७१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

युनियन हाइड्रोपावर लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाए पनि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया