भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार सङ्क्रमित थपिए

 साउन १५, २०७७ बिहिबार ११:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा गएको २४ घण्टामा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५२ हजार १ सय २३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् ।

योसँगै भारतमा सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७ सय ७५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या झण्डै ३५ हजार पुगेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया