मास्क नलगाइ हिँड्ने २ लाखभन्दा धेरैलाई होल्ड, ९ हजार जनालाई जरिबाना

जोखिम बढेकाेले झन् कडाइ गरिने

 साउन १५, २०७७ बिहीबार १९:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तपाईँ घरबाहिर निस्किँदै हुनुहुन्छ ? साथमा मास्क नछुटाउनु होला । कोरोनाको जोखिम बढेकाले घरबाहिर मास्क नलगाइ हिँड्नेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । 

देशभर अहिलेसम्म मास्क नलगाइ हिँड्ने दुई लाख आठ हजार एक सय ५८ जनालाई प्रहरीले होल्ड गरेको छ । यसमध्ये एक  लाख ८२ हजार तीन सय ४४ जनालाई सम्झाइ बुझाइ छोडेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै १६ हजार पाँच सय ४३ जनालाई मास्क नै दिएर लगाउने तरिका सिकाएर घर फर्काइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । 

मन्त्रालयका सूचना अधिकारीका अनुसार नाै हजार दुई सय ६९ जनालाई भने जरिबाना तिराइएको छ । उनीहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सङ्क्रामक रोगसम्बन्धी नियम उल्लङ्घन गरेको कसुरमा प्रतिव्यक्ति एक सय रुपैयाँ जरिबाना तिराइएको अधिकारीले बताउनुभयो । 

यस्तै काठमाण्डौ उपत्यकामा मात्रै चार सय ३३ जनालाई जरिबाना तिराइएको छ । उपत्यकामा अहिलेसम्म १२ हजार तीन सय ९९ जनालाई मास्क लगाउन सम्झाइ बुझाइ गरिएको छ । 

काेरोना सङ्क्रमणको जोखिम झनै बढ्दै गएकाले अब थप कडाइ गर्ने र त्यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गएको असार २२ गते घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन र नलगाए कारबाही गर्न निर्देशन दिएको थियो । अब थप कडाइ गर्ने मन्त्रालयकाे तयारी छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया