२४ घण्टामा २ सय ७४ जनामा काेराेना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुग्यो

 साउन १५, २०७७ बिहिबार १६:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई २७ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या १४ हजार दुई सय ४८ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे । 

नेपालमा अहिले पाँच हजार दुई सय २७ जना सक्रिय सङ्क्रमित छन् भने १३ हजार दुई सय एक जना क्वरेण्टीनमा छन् । अहिलेसम्म तीन लाख ४५ हजार एक सय एक जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको मन्त्रालयले जनाएकाे छ ।

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण अहिलेसम्म ५१ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया