नेप्से परिसूचक साढे ७ अङ्कले बढ्यो

 साउन १५, २०७७ बिहिबार १८:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धिताेपत्र बजारमा काराेबार मापक नेप्से परिसूचक बिहीबार साढे सात अङ्कले बढेको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार परिसूचक ७ दशमलव ५३ अङ्कले बढेर १४ सय ३९ दशमलव ०६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यसअघि बुधबार र मङ्गलबार शेयर बजार ओरालो लागेको थियो ।

बिहीबार सबै समूहको उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ५५ दशमलव ४९ अङ्क र निर्जीवन बीमा ५० दशमलव ४६ अङ्कले बढेको हो । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरका ३४ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् ।

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २२ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार खानीखोला हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेसेयर लगानीकर्ताले भने झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया