मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर १६७ जनाको ज्यान गयो, ५६ जना अझै भेटिएनन्

 साउन १५, २०७७ बिहीबार २०:२१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर अहिलेसम्म एक सय ६७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कालीकोटमा तीन जनाको शव पहिरोबाट निकालिएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक सय ६७ पुगेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो । 

यस्तै जेठ ३० गतेदेखि अहिलेसम्म ५६ जना अझै हराइरहेका छन् । ९९ जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २० जना र सङ्खुवासभामा ११ जना हराइरहेका वस्तीले बताउनुभयो । उनीहरुको खोजी भइरहे पनि फेला पर्ने सम्भावना भने कम हुँदै गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताउनुभयो । 

यसैबीच बुधबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीमा ६ हजारभन्दा धेरै घर डुबानमा परेका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा रहेका घरहरु डुबानमा परेका हुन् । ती घरमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैबीच बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक भत्किँदा आवत जावत बन्द भएका छन् । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया