कुवेतले लगायो नेपालसहित ७ देशका नागरिकको प्रवेशमा रोक

 साउन १६, २०७७ शुक्रबार ७:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित सात देशका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।

कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।

साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया