साउदीमा बहिर्गमन भिसा पाउनुभएको छ ? यी उडानमार्फत घर फर्कन पाउनुहुन्छ

 साउन १६, २०७७ शुक्रबार १४:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी सरकारले बहिर्गमन भिसा दिएकाहरु अगष्ट ५, ६, ७, र ८ गते नेपाल फर्कन सक्ने भएका छन् ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार विभिन्न कारणले बहिर्गमन भिसा नभएका र घर फर्कनै पर्ने अवस्थामा रहेका ४ सय ९८ जनालाई साउदीले बहिर्गमन भिसा दिएको छ । दूतावासको पहलमा बहिर्गमन भिसा पाएकाहरु अगष्ट ५, ६,७ र ८ मा रियाद र दमामबाट हुने हिमालय र नेपाल एअरलाइन्सको उडानमार्फत फर्कन सक्नेछन् ।

साउदीका विभिन्न कम्पनी र प्रतिष्ठानमा कार्यरत रहँदा साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइएका वा नवीकरण नगर्दा स्वदेश फर्कन बहिर्गमन भिसा नभएकालाई सहजै स्वदेश फिर्तीका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो ।

जस अनुरोध अनुसार साउदी सरकारले बहिर्गमन भिसा दिइरहेको र अहिलेसम्म यो भिसा दूतावासको पहलपछि ४९८ जनाले पाएका छन् । उनीहरु भिसा पाएको ६० दिनभित्र साउदी छाड्न सक्छन् ।

साथै बहिर्गमन भिसाका लागि आवेदन दिन बाँकी रहेका अकामा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि दूतावासले फेरि सूचना प्रकाशित गर्ने र आवेदन लिनेसमेत जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया