साउदीबाट घर फर्कंदा जरिवानामा परिने चिन्ता छ ? जान्नुहोस् यी नियम

 साउन १८, २०७७ आइतबार १२:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीमा हुनुहुन्छ ? पासपोर्टमा भिसाको म्याद र करार, अकामा नवीकरण नहुँदा कारबाहीमा परिने हो कि भन्ने चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस् ।

साउदीले अहिले कोरोना महामारीका कारण यो अवधिमा भिसाको अवधि सकिएका, अकामाको समयअवधि सकिएका र करार सकिएकालाई कारबाही वा जरिवाना गर्ने कुरा उठाएको छैन ।

यतिबेला साउदीले भिसा, करार, अकामा लागयतका कारण जरिवाना गर्ने सन्दर्भमा कुनै कुरा नउठाएको र बरु यस्ता विदेशी नागरिकको स्वदेश फिर्तीका लागि सहजिकरण गरिरहेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिनुभयो ।

साउदीले महामारी सुरु भएपछि ३ महिना भिसाको म्याद स्वतः बढ्ने गरी थपिदिएको र अहिले पनि फेरि थप तीन महिना थपिदिएकाले भिसा सकियो, घर जाँदा जरिवानामा वा कारबाहीमा परिन्छ कि भनेर चिन्ता नलिन आग्रह गर्नुभएको छ ।

भिसा, कारार वा अकामा नहुँदा साउदीमा बस्दा जरिवाना हुने नियम भए पनि अहिले महामारीको बेलामा यस्ता नियम आकर्षित नहुने उहाँले बताउनुभएको छ ।

अहिले कोरोना महामारीका बेलामा चार्टर्ड उडानमार्फत घर फर्कन एक्जिट भिसा लिएकाहरु पनि टिकट नपाएको गुनासो गरिरहेका छन् । यसरी एक्जिट लिएको दुई महिनाभित्र साउदी छाड्न सक्ने नियम भएकाले आत्तिन पर्दैन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया