प्रदेश सरकारका उच्च ओहदाका व्यक्तिमा कोरोना सङ्क्रमण

 साउन १९, २०७७ सोमबार १०:५४:३८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ  - प्रदेश १ सरकारका एक उच्च ओहदाका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । ती व्यक्तिका परिवारमा पनि कोरोनाको सङ्क्रमण देखिएको हो । 

विराटनगर-५ निवासी उनका परिवारका तीन जना सदस्यमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ  । श्रीमान्, श्रीमती र छोरालाई नै सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  तीन जनालाई नै अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ ।

प्रदेश १ मा सरकार तथा सरकारको उच्च ओहदाका व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यस्तै विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना सङ्क्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । 

सङ्क्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का रहेका छन् । त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया