नेप्से साढे सात अङ्कले बढ्याे

 साउन १९, २०७७ सोमबार १८:४२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेप्से परिसूचक सूचाङ्क साेमबार साढे सात अङ्कले बढेको छ । परिसूचक ७ दशमलव ५९ अङ्कले बढेर १४ सय ३ दशमलव ८६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

साेमबार हाइड्रोपावर, फाइनान्स र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ७४ अङ्कले बढेको छ । साेमबार एक अर्ब २९ करोड रुपैयाँ बराबरका ५३ लाख ४२ हजार कित्ता शेयर किनबेच भएका छन् ।

साेमबार प्रभु बैंक लिमिटेड प्रोमोटर शेयरको सबैभन्दा धेरै ३४ करोड २९ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड चार लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

साेमबार अजोड इन्स्योरेन्स लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । दिव्येश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै सात प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया