बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

 साउन २३, २०७७ शुक्रबार १०:२५:३३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा पहिरोमा पुरिएर आमाछोराको ज्यान गएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा बिहीबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर ४० वर्षीय पशुपति बोहरा र उहाँका १२ वर्षीय छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । 

बिहीबार राति खसेको पहिरोले घरभित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको हो भने १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन नपाएका छिमेकीले बताएका छन् । 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार बैतडीका-८ पालिकाका विभिन्न ठाउँ पहिरोको उच्च जोखिममा रहेका छन् ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया