नेप्से ११ अङ्कले बढ्यो, झण्डै १ अर्ब रुपैयाँको कारोबार

 साउन २५, २०७७ आइतबार १८:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आइतबार ११ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन परिसूचक ११ दशमलव ३ अङ्कले बढेर १३ सय ९२ दशमलव ६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १ दशलमव ४६ अङ्कले बढेको छ । आइतबार होटल समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् । 

सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय २९ दशमलव ५६ र बीमा समूहको १०३ दशमलव ४८ अङ्कले बढेको छ । आइतबार ८७ कम्पनीको कारोबारमा ९७ करोड ७८ लाख रुपैयाँभन्दा धेरैका ३२ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन् । 

सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडको नौ करोड २१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । अजोड इन्स्योरेन्सका शेयर लगानीकर्ताले आइतबार सबैभन्दा धेरै झण्डै १० प्रशित कमाएका छन् । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३ दशमलव ८५ प्रतिशत गुमाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया