मार्चदेखि अहिलेसम्म काेराेना सङ्क्रमण २ सय गुणाले बढ्याे

 साउन २७, २०७७ मंगलबार १३:३३:५८ | एजेन्सी
unn.prixa.net

विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । मङ्गलबार बिहानसम्म विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ५९ हजार पुगेको वर्ल्डोमिटरले जनाएको छ । 

काठमाण्डाै – गएको वर्षको डिसेम्बर महिनामा चीनको वुहान शहरबाट फैलिन थालेको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म दुई सय १३ देशमा पुगिसकेको छ । 

पछिल्लो ६ हप्तामा मात्र विश्वभर सङ्क्रमण दुई गुणाले बढेको छ । यतिमात्र होइन, मार्च महिनाको मध्यदेखि त सङ्क्रमण दुई सय गुणाले बढेको छ । वर्ल्डाेमिटरका अनुसार विश्वभर अहिलेसम्म सात लाख ३९ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । 

अमेरिकामा आइतबारसम्म सङ्क्रमणको कुल सङ्ख्या ५२ लाख पुगेको छ, यो सङ्ख्या विश्वका कुल सङ्क्रमितको सङ्ख्याको एक चौथाइ हो । अमेरिका कोभिड–१० सबैभन्दा प्रभावित देश हो, जहाँ सङ्क्रमितको र मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै छ । 

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५२ लाख ५१ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६६ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ ।

दोस्राे धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिलेसम्म ३० लाख ५७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजार आठ सयभन्दा धेरैको मृत्यु भएकाे छ । तेस्राे धेरै प्रभावित रहेको भारतमा २२ लाख ६९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४५ हजार तीन सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।  

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया