प्रदेश सभा सदस्य श्रेष्ठलाई कोरोना सङ्क्रमण

 साउन २८, २०७७ बुधबार १२:४३:१३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आउनुभएको छ । प्रदेश सभा सदस्यमा कोरोना सङ्क्रमण देखिएको याे पहिलो घटना हो । यसअघि विराटनगर निवासी प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यसहित उहाँको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी  दिनुभयो । उहाँका श्रीमानमा पनि सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया