नेप्से परिसूचक साढे १६ अङ्कले घट्याे

 साउन २९, २०७७ बिहिबार १६:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बिहीबार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५३ अङ्कले घटेर १४ सय आठ दशमलव ७९ अङ्कमा झरेको छ ।

बिहीबार व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । बिहीबार एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६७ लाख र एनआईसी एसिया बैंकको ६ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले साढे पाँच प्रतिशतभन्दा धेरै गुमाएका छ्न् । समग्र शेयर बजार घटे पनि दिव्येश्वरी हाइड्रोपावरका शेयरधनीले दश प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया