प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्याे, विराटनगरमा मात्रै ८६ जना थपिए

 साउन ३२, २०७७ आइतबार १९:४३:५६ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ मा आइतबार एक सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  

मोरङका ९२ जना, खोटाङका ६ जना, सुनसरीका दुई जना, इलामका एक जना र प्रदेश १ मा बाहिरबाट आएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएकामध्ये ३४ जना महिला र ६९ जना पुरुष छन् ।

यसैबीच मोरङको विराटनगर महानगरपालिकामा आइतबारमात्रै ८६ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बूढीगङ्गामा तीन, धनपालथानमा दुई र कटहरीमा एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । 

यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा एक पुरुष, दुहवीमा एक महिला, इलामको देउमाईमा एक पुरुष, बाराका एक पुरुष र सिरहाकी एक महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १० पुगेको छ । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया