रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा निकै कम राजश्व संकलन

 भदौ २, २०७७ मंगलबार ११:३२:४६ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - रसुवा भन्सार कार्यालयले साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ । 

चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा कार्यालयले ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ करोड ५६ लाख ९८ हजार मात्र संकलन भएको छ । 

यो लक्ष्यको ३४.६१ प्रतिशत हो । रसुवागढी नाकाबाट एक महिनाअघिदेखि आयात सुरु भए पनि न्यून आयात भएकाले राजश्व संकलन बढ्न नसकेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।

 रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । 

यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया