जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
मोरङको बिराटनगरमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको ज्यान गएको हो ।
गएको साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी ती महिलालाई फेरि २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि साेमबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गएराति ज्यान गएको हो ।
प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएलगत्तै ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
बुढीगंगा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रेवती चौधरीले घरमा बिरामी परेकी महिलाको विपीमा उपचारको क्रममा ज्यान गएपछि मात्र कोरोना परीक्षण हुँदा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । चौधरीका अनुसार उहाँको सम्पर्कमा आएका १७ जनाको परीक्षणको तयारी भइरहेको छ ।
.