आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने

 भदौ ४, २०७७ बिहीबार ८:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

आज नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने क्रममा रहेकाले कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायतमा नदीमा बाढी आउने महाशाखाले जनाएको छ ।

 यी नदीमा बाढी आउने भएकाले दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन महाशाखाले आग्रह गरेको हो ।

आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती  प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम  प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

 यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी  प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उहाँको अनुमान छ । 

ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भने अलि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया