क्राइस्टचर्च आक्रमण : ट्यारन्ट ‘सकेसम्म धेरैको ज्यान लिन चाहन्थे’

 भदौ ८, २०७७ सोमबार १९:१२:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डमा गएको वर्ष क्राइस्टचर्चमा रहेको दुई वटा मस्जिदमा भएको आक्रमणको सुनुवाइको क्रममा आक्रमणकारीले तेस्रो मस्जिदलाई पनि निसाना बनाउन चाहेको बताएका छन् । सन् २०१९ को मार्च महिनामा भएको आक्रमणमा ५१ जनाको ज्यान गएको थियो । 

आक्रमणकारी ब्रेन्टन ट्यारन्ट मस्जिद जलाउन पनि चाहन्थे । उनी ‘धेरैभन्दा धेरैलाई सजाय’ दिन चाहन्थे ।

ती अस्ट्रेलियाली आक्रमणकारीले ५१ जनाको हत्या, ४० जनाको हत्या प्रयास र चरमपन्थीको एक मामिलामा दोष स्वीकार गरेका छन् । 

२९ वर्षीय ट्यारन्टलाई आजीवन कारावासको सजाय हुन सक्छ र यो रिहाइको लागि पनि अनुमति मिल्ने सम्भावना निकै कम छ ।   

न्युजिल्याण्डमा कहिल्यै पनि यस्तो सजाय कसैलाई दिइएको थिएन । 

सोमबार सजाय सुनुवाइका क्रममा ब्रेन्टनको सामना आक्रमणमा बचेका मानिस र पीडितका परिवारसँग भएको थियो । 

त्यो आक्रमणमा मारिएका अट्टा इलायनकी आमा मासुन सलमाले उनीसँग भनिन्, ‘उनीहरु मुसलमान भएकै कारणले गर्दा तिमीलाई आफैलाई ५१ जनाको ज्यान लिने अधिकार दियौ । तिम्रो काम मेरो बुझाइभन्दा बाहिरको छ । म तिमीलाई माफ गर्न सक्दिन ।’

गएको वर्षको मार्च महिनाको १५ तारिखमा क्राइस्टचर्चको दुई वटा मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहार घटनालाई प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले न्युजिल्याण्डका लागि सबैभन्दा कालो दिन भएको बताउनुभएको थियो ।   

आक्रमणकारीले गोली प्रहारको केही हिस्सालाई अनलाइन लाइभ भिडियोमा पनि देखाएका थिए । 

आक्रमणकारी पहिला अल नूर मस्जिद गएका थिए, नजिकै कार रोकेर नमाज पढिरहेका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार गरे, जहाँ महिला र बालबालिका पनि थिए । 

त्यसपछि उनी कारमा चढेर पाँच किलोमिटर टाढा रहेको लिनवुड मस्जिद पुगेर त्यहाँ पनि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । 

ती आक्रमणकारीसँग एआर–१५ सहित सेमी अटोमेटिक बन्दुक पनि थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया