इन्डाेनेसियाकाे बाली द्वीप याे वर्ष विदेशी पर्यटकका लागि बन्द

 भदौ ९, २०७७ मंगलबार १४:२६:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इन्डोनेसियाको बाली द्वीप यो वर्ष पर्यटकको लागि नखुल्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै बाली द्वीप यो वर्ष पर्यटकको लागि नखोल्ने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आउँदो महिनादेखि पर्यटकको लागि खोल्ने तयारी भइरहेकाे बाली द्वीप कोरोनाको सङ्क्रमण बढेको भन्दै त्यहाँको सरकारले फेरि नखोल्ने निर्णय गरेको हो । बालीको आर्थिक अवस्था पर्यटन व्यवसायमा निर्भर छ । यो निर्णयसँगै अर्थव्यवस्थामा नकारात्मक प्रभाव पर्ने निश्चित भएको छ ।

हरेक वर्ष लाखौँ विदेशी पर्यटक बाली घुम्न जाने गर्छन् । तर यो वर्ष अरु देशमा कोरोना सङ्क्रमित बढेसँगै गरिएको सीमा बन्दका कारण कम मात्रै पर्यटक बाली पुगेका छन् ।

बालीका गभर्नर वयान काेस्टरले एक बयानमा भन्नुभएकाे छ, 'बाली र इन्डाेनेसियामा अन्तर्राष्ट्रिय पर्यटक आउने अवस्था रहेकाे छैन ।'

बाली विदेशी पर्यटकका लागि कहिले खुल्छ भनेर बयानमा नभनिए पनि 'सन् २०२० काे अन्त्यसम्म खुल्ने छैन' ।

गभर्नरले बाली द्वीप फेरि खुलाउनकाे लागि विवेकपूर्ण र सावधानीपूर्वक तयारी गर्नुपर्ने बताउनुभएकाे छ । हतारमा निर्णय गरिँदा द्वीपकाे प्रतिष्ठामा ठेस पुग्ने र ठूलाे क्षति पुग्ने जनाउनुभएकाे छ ।   

बालीमा काेराेना सङ्क्रमितकाे सङ्ख्या चार हजार पाँच सयभन्दा धेरै पुगेकाे छ र साेमबारसम्म ५२ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । 

पूरै इन्डाेनेसियामा अहिलेसम्म एक लाख ५५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ भने ६ हजार सात सय ५९ जनाकाे ज्यान गएकाे छ । 

विशेषज्ञहरुका अनुसार धेरै मात्रामा परीक्षण भए याे आँकडा अझ बढ्न सक्छ । 

बालीकाे राजधानी देनपसानमा रहेकाे एक हाेटलका महाप्रबन्धक पुटु गेदे बुदिर्टा काेराेना भाइरसकाे सङ्क्रमण र यात्रामा लागेकाे प्रतिबन्धका कारण पर्यटन उद्याेगमा गम्भीर प्रभाव परेकाे बताउँछन् । 

उनले बीबीसीसँगकाे कुराकानीमा भने, 'हामीकहाँ धेरैजसाे पर्यटक बाहिरबाट आउँछन् । याे एक कठिन समय हाे । यसले आम्दानीमा पनि असर पुगेकाे छ ।'

उनी जुन हाेटलमा काम गर्छन्, त्यहाँ अहिले आधाभन्दा कम स्थानीय पर्यटक छन् । साथै ग्रामीण क्षेत्रमा चलाइएकाे एक गेस्ट हाउस केही महिनादेखि नै खाली छ । 

फेसबुक ग्रुपमा पर्यटककाे उडानकाे बारेमा सूचना दिने गतिविधिमा पनि कमी आएकाे छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया