उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।
३३ वर्षीय मेस्सीले क्लबले आफूलाई बाटो खुला गरिदिनुपर्ने बताएको बीबीसीले जनाएको छ । गएकाे जुनमा नै क्लब छाड्न चाहेको बताएका मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइलनमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि फेरि क्लब छाड्न चाहेको बताएका हुन् ।
मेस्सीको मागबारे बार्सिलोनाको बोर्ड बैठकले निर्णय गर्नेछ । बोर्ड बैठकले मेस्सीको लागि बाटो खुला गर्ने संकेत दिएपछि नाउ क्याम्प बाहिर समर्थक भेला भएर बोर्डको विरोध र मेस्सीको समर्थनमा जुलुस निकालेका छन् ।
मेस्सीले सन् २०२१ सम्म बार्सिलोनामै रहनेगरी सात सय मिलियन युरोमा सम्झौता गरेका थिए । मेस्सीलाई अनुबन्ध गर्न इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेड, फ्रान्सेली क्लब पीएसजी र सिरी ए क्लब एसी मिलानले इच्छा देखाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।