क्राइस्टचर्च मस्जिद आक्रमण : अभियुक्तले मृत्यु नहुञ्जेलसम्म जेलमा बस्नुपर्ने

 भदौ ११, २०७७ बिहिबार १३:३३:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डको एक अदालतले क्राइस्टचर्चको दुई वटा मस्जिदमा आक्रमण गर्ने अभियुक्त ब्रेन्टन ट्यारेन्टलाई विना ‘परोल’ मृत्यु नहुञ्जेलसम्म जेल जीवन (कारावास) को सजाय सुनाएको छ । 

न्युजिल्याण्डको इतिहासमै पहिलो पटक दोषीलाई यस्तो सजाय दिइएको हो । 

विना 'परोल' सजायको अर्थ– दोषी ठहर भएका व्यक्तिले सजायको केही अवधि बिताएपछि बाहिर निस्किन पाउने अवसर गुमाउनु हो ।

 याे पनि पढ्नुहाेस्

२९ वर्षीय अस्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्टले ५१ व्यक्तिको हत्या, अन्य ४० को हत्याको प्रयास र आतङ्कवादको एक आरोप स्वीकार गरेका थिए । 

सजाय सुनाउँदै न्यायाधीशले भनेका छन्, ‘ब्रेन्टनले जो गरे त्यो अमानवीय र निर्दयले भरिपूर्ण थियो ।’

गएको वर्षको मार्च महिनमा ब्रेन्टनले क्राइस्टचर्च सहरको दुई वटा मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए र त्यो आक्रमण फेसबुक लाइभमार्फत प्रसारण गरिएको थियो ।  

क्राइस्टचर्चका न्यायाधीश क्यामरुन मेन्डरले बिहीबार भने, ‘ब्रेन्टनको अपराध यदि धृणित छ कि उनलाई आजीवन कारावासको सजाय पनि कम हुन्छ ।’ 

न्यायाधीश मेन्डरले सजाय सुनाउँदै गर्दा कडा शब्दको प्रयोग गरेका थिए । उनले यस किसिमको सजाय ‘निकै घृणित हत्यारा’ को लागि दिइने बताए ।   

न्युजिल्याण्डको कानुनमा मृत्युदण्डको सजायको प्रावधान छैन, यस्तोमा ब्रेन्टनले पाएको सजाय त्यहाँको सबैभन्दा ‘कठोर सजाय’ हो ।  

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले ट्यारेन्टलाई सुनाइएको सजायको बारेमा थाहा पाएपछि उसलाई आफ्नो कुरा भन्नको लागि कुनै मञ्च नभएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया