फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग बाध्यकारी

 भदौ १२, २०७७ शुक्रबार ६:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई बाध्यकारी बनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पेरिस र आसपासका क्षेत्रमा आजदेखि मास्कलाई अनिवार्य गरिएको हो । 

समाचार संस्था रोयटर्सका अनुसार यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।

पेरिस प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले मास्कलाई बाध्यकारी बनाएको बताएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई बाध्यकारी बनाउने बताउनु भएको थियो । 

उहाँले कोरोनाको भाइरस पूरै देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताउनु भएको थियो ।

फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण भएको छ भने ३० हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया