विराटनगरमा आयल निगमको ट्याङ्कर विस्फोट

 भदौ १३, २०७७ शनिबार ११:४८:४३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ । 

नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो । 

ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका तीन जना बेहोस भएको स्थानीय कीर्तिराज कार्कीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।  

ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया