बैतडीमा एक हप्ता लम्बियाे निषेधाज्ञा

 भदौ १४, २०७७ आइतबार २०:२०:१६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा कोरोना भाइरसको जोखिम बढेको भन्दै आउँदाे भदौ २१ गतेसम्म निषेधाज्ञा थपिएको छ । 

भदौ ८ देखि जारी निषेधाज्ञा आइतबार राति १२ बजेदेखि सकिँदै थियो । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । भदौ ८ गते जारी भएको आदेशलाई अझै कडाइका साथ लागू गर्ने निर्णयसहित निषेधाज्ञाको अवधि थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । 

निषेधाज्ञा जारी भएको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द रहने जनाइएको छ । यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिँडडुल गर्न पाउने छैन भने बाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया