खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सरकारले एअर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगस्टमा १६१ यात्रु लिएर यूएईको शारजाहबाट काठमाण्डाै आएकामध्ये १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।
मन्त्रालयमा बुधबार नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा पर्यटन मन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एअर अरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एअर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जनाकाे आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वरेण्टीनमा राखेपछि त्यसबापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटन मन्त्रीले निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।
अन्तर्राष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एअरलाइन्सको उडान भएको सेक्टरमा वायु सेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एअरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एअरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पासङ शेर्पा
Sept. 3, 2020, 1:02 p.m.नियमित उडानतालिका अनुसार बिदेशमा फसेका हामी नेपाली आफ्नो देश फर्किन अझै १० बर्ष लाग्ने अनुमान गरेको छु ! यो कस्तो खालको उडान तालिक हो? यो कस्तो खालको उद्दार हो?
Rasmi Gurung
Sept. 2, 2020, 6:08 p.m.हामिले सेप्टेम्बर ४ तारिख को नर्मल टिकट लिएका थियौ ।ट्रभल्स बाट तर त्यो टिकट क्यन्सिल भयो ।अब सेप्टेम्बर महिना भरी फ्लाईट छैन भन्छ ट्रभल्स ले हाम्रो ओभर इस्टे को फाईन धेरै तिर्नु पर्छ अब खान बस्न लाई गारो छ कम्पनी ले अब बस्न दिदैन ।एम्बेस्सी ले वस्ता गर्दैन यो अवस्थामा के गर्नु ।।