अमेरिकाले भन्याे, 'डब्ल्यूएचओकाे नेतृत्वमा हुन लागेकाे काेराेना खाेपकाे खाेजीमा सहभागी हुँदैनाैँ'

 भदौ १७, २०७७ बुधबार २०:३२:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओको) अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र  वितरणको विश्वव्यापी प्रयासमा सहभागी नहुने जनाएको छ । 

कोरोना भाइरसविरुद्धको खोपको विश्वव्यापी पहुँच स्थापित गर्ने अभियानमा अहिले डब्ल्यूएचओको नेतृत्वमा एक सय ७० भन्दा धेरै देशले प्रयास थालिरहेका छन् । तर यो अभियानमा अमेरिकाले आफू सहभागी नहुने जनाएको हो । 

वाशिङटन पाेस्ट अखबारका अनुसार सुरक्षित र प्रभावकारी खाेपकाे मञ्जुरी पाइसकेपछि र त्यसकाे इजाजत पत्र पाइसकेपछि सबै मानिससम्म खाेपकाे न्यायसङ्गत पहुँच सुनिश्चित गराउने डब्ल्यूएचओकाे नेतृत्वमा अमेरिका सहभागी नहुने भएकाे हाे । 

ट्रम्प प्रशासनका केही सदस्यहरुको रुचि भए पनि ह्वाइट हाउसले डब्ल्यूएचओसँग काम गर्न इच्छुक नभएको बताएको बीबीसीले जनाएको छ । 

ह्वाइट हाउसका प्रवक्ता जड डीरेले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ, 'अमेरिका भाइरसकाे हार सुनिश्चित गर्नकाे लागि आफ्नाे अन्तर्राष्ट्रिय सहयोगीसँग मिलेर काम गरिरहनेछ तर भ्रष्ट विश्व स्वास्थ्य सङ्गठन र चीनबाट प्रभावित मल्टिलेटरल संस्थाकाे दबाबमा आउने छैन ।'

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ‘कठपुतली’ बनेको भन्दै डब्ल्यूएचओको आलोचना गर्दै आउनुभएको छ । उहाँले महामारी नियन्त्रणमा डब्ल्यूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया