बाग्लुङ पहिराे अपडेट : ज्यान गुमाउनेको संख्या आठ पुग्याे, २५ जना अझै बेपत्ता

 भदौ १८, २०७७ बिहीबार १२:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ भने २५ जना अझै हराइरहेका छन् । 

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हराएका र मृतकको संख्या अझै बढ्न सक्ने बताउनु भएकाे छ ।

मेयर नेपालीका अनुसार  ढोरपाटनको भुदीखोलामा गएराति एक्कासी आएको बाढीले खोला किनारका ५० भन्दा धेरै घर बगाएको छ । 

राति १२ बजे एक्कासी बाढी आउँदा सुतिरहेकाहरु उठेर भाग्न पनि पाएका थिएनन् । बाढीले भुदीखोला लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ ।

खोजी र उद्धारकाे लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ । घटनास्थल सदरमुकामबाट एक सय १५ किलोमिटरभन्दा टाढा रहेकाले उद्धार र राहतमा ढिलाइ भइरहेको छ । 

ठूलो पानी परिरहेको बेलामाथितिर कतै ताल फुटेर वा बाँध बनेर एक्कासी बाढी आएको हुन सक्ने उपमेयर करमती पुनमगरले बताउनुभयो ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया