भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता, सीमा विवाद अन्त्यको पहल गर्ने

 भदौ २०, २०७७ शनिबार ८:१५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - भारत र चीन सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो ।

दुई घण्टा २० मिनेटसम्म भएको छलफलमा सीमामा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । संघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्रीबीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको अल इण्डिया रेडियोले जनाएको छ ।

छलफलमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने बताउनुभएको छ । चीनका रक्षामन्त्री फेँघेले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्ने बताउनुभएको थियो ।

गएकाे जुनमा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारत र चीनबीचको तनाव बढ्दै गएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया