गएको साता कोरोनाको कारण यूएईमा पाँच नेपालीको ज्यान गयो

 भदौ २१, २०७७ आइतबार १०:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको साता कोरोनाबाट यूएईमा थप पाँच नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरसका गएको साता यूएईमा कार्यरत पाँच नेपालीको ज्यान गएको हो ।

योसँगै हिजो शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय पुगेको छ । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोनाको कारण ज्यान हो ।

स्वास्थ्य समितिका अनुसार गएको साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अहिलेसम्म संसारका विभिन्न देशमा कार्यरत ३४ हजार ९ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । जसमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना निको भएका छन् । यो कुल सङ्क्रमित सङ्ख्याको ९४ प्रतिशत हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया