२४ घण्टामा ९८० जनामा काेराेना सङ्क्रमण, १८१४ जना डिस्चार्ज

 भदौ २१, २०७७ आइतबार १६:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १० हजार तीन सय ८२ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय ८० जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।  यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २८ हजार नाै सय ४१ पुगेको छ ।  

अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया