रातो मच्छिन्द्रनाथका कारण अत्यावश्यक सेवाका गाडी पनि डाइभर्सन, निषेधाज्ञा उल्लङ्घन गर्ने ६४२ गाडी होल्ड

 भदौ २१, २०७७ आइतबार १७:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रातो मच्छिन्द्रनाथको रथका कारण अत्यावश्यक सेवाका गाडीलाई आज पनि डाइभर्सन गरिएको छ । जावलाखेलबाट पुल्चोकतर्फ आउने गाडीलाई अल्कामोडबाट डाइभर्सन गरी सरस्वतीथान हुँदै चलाइएको छ ।

पुल्चोक हुँदै जाने गाडीलाई बखुण्डोल र मंगलबजारबाट पुल्चोक आउनेलाई मदन स्मारक स्कुल अगाडीको चोकबाट डाइभर्सन गरिएको छ । यस्तै, थापाथली, सानेपा, बालकुमारी, ग्वार्को लगायतका रिङ्गरोडभित्र प्रवेश गर्ने गाडीहरुलाई प्रवेश गर्न दिइएको छैन ।

काठमाण्डौ उपत्यकाको अन्य ठाउँ अत्यावश्यक सेवाका गाडीलाई नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैबिच काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लङघन गर्ने ६ सय ४२ वटा गाडी होल्ड भएका छन् । पाँच सय एक दुई पाङग्रे र एक सय ४१ चारपाङग्रे गाडी होल्ड भएका हुन् ।

हिजो पनि काठमाण्डौ उपत्यकामा ६ सय ३० गाडीलाई होल्ड गरेर छोडिएको थियो । पछिल्लो समय निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् ।

कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरमा २४ गतेसम्म निषेधाज्ञा लगाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया