आफ्नो मृत्युको प्रत्यक्ष प्रसारण गर्न चाहन्थे यी फ्रान्सेली पुरुष, फेसबुकले रोकिदियो

 भदौ २१, २०७७ आइतबार १९:५०:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फेसबुकको प्रत्यक्ष प्रसारणको प्रयोग धेरै व्यक्तिले गर्छन् । तर कहिलेकाहीँ यसको प्रयोग गलत ढङ्गले पनि हुने गरेको छ । 

यसैबीच फेसबुकले लामो समयदेखि बिरामी भइरहेका र आफ्नो मृत्युको प्रत्यक्ष प्रसारण गर्न खोज्ने एक व्यक्तिको लाइभ ब्रोडकास्टमा शनिबार रोक लगाइएको छ । 

फ्रान्सका ५७ वर्षीय एलिन कक नाम गरेका व्यक्तिले शुक्रबार एक भिडियो पोस्ट गर्दै आफ्नो जीवनको अन्तिम भोजन लिइसकेको र त्यो पेय पदार्थ भएको बताएका थिए । 

आउँदो दिन आफ्नो लागि निकै कठिन हुने र आफूले निर्णय लिइसकेको उनले बताएका थिए । 

अचम्मको कुरा त के छ भने, ती व्यक्तिले राष्ट्रपति इम्यानुयल म्याक्रोसँग चिकित्सकीय सहायताको माध्यमबाट मृत्यु दिन अपिल गरेका थिए । साथै उनले आफूले खानासमेत छोड्न लागेको बताएका थिए । त्यसको जवाफमा राष्ट्रपति म्याक्रोले फ्रान्सको कानुनले त्यो इजाजत नदिने बताउँदै पत्र लेख्नुभएको थियो । 

त्यसपछि ककले शुक्रबार साँझ फेसबुकमा खान र पिउन छोडेको बताएका थिए । 

उनले आफ्नो जीवनको अन्त्यको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएका थिए तर उनको फेसबुक एकाउन्टमा मङ्गलबारसम्म भिडियो पोस्ट गर्न नमिल्ने सन्देश आयो ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया