भारत काेराेना सङ्क्रमितकाे सङ्ख्याकाे आधारमा दाेस्राे स्थानमा

 भदौ २१, २०७७ आइतबार २०:३२:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमितकाे सङ्ख्याकाे आधारमा भारत दोस्रो स्थानमा पुगेको छ । यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल भने तेस्रो स्थानमा पुगेकाे छ । पहिलो स्थानमा अमेरिका कायमै छ ।

भारतमा अहिलेसम्म ४१ लाख ३१ हजारभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । भारतमा एकैदिन ९० हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सङ्क्रमितकाे सङ्ख्याकाे आधारमा दाेस्राे स्थानमा पुगेकाे हाे । केही हप्तायता भारतमा काेराेनाका सङ्क्रमितकाे सङ्ख्या तीव्र गतिमा बढिरहेकाे छ ।

भारतमा सङ्क्रमितमध्ये अहिलेसम्म ३१ लाख ९५ हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् भने सङ्क्रमणका कारण ७० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

पहिलाे स्थानमा रहेकाे अमेरिकामा अहिलेसम्म ६४ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ भने एक लाख ९२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसैगरी ब्राजिलमा अहिलेसम्म ४१ लाख २३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिँदा एक लाख २६ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया