संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दामा ४ वर्षपछि सुनुवाइ शुरू
माघ ३०, २०८१ बुधबार
ललितपुर – रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
गएको बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो, त्यसैबेला ड्युटीमा जान हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो ।
कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको ललितपुर प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको छैन । पक्राउ परेका सबैलाई क्वरेण्टीनमा राखिएको छ ।
रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।