टोकियो ओलम्पिक ‘कुनै पनि हालतमा २०२१ मै हुनुपर्छ’

 भदौ २३, २०७७ मंगलबार १४:४१:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानकी ओलम्पिक मन्त्री सिको हशिमोतोले टोकियो ओलम्पिक आउँदो वर्ष ‘कुनै पनि हालत’ मा हुने जानकारी दिनुभएको छ । कोरोना भाइरसको जोखिम र चुनौतीलाई परवाह नगरि ओलम्पिक आयोजना हुने उहाँले बताउनुभएको हो । 

टोकियो ओलम्पिक केही वर्षको ग्रीष्म ऋतुमा आयोजना हुने तय भएको थियो तर कोरोना महामारीका कारण सारिएको हो । 

‘यो खेलमा संलग्न सबै जना तयारीमा जुटेका छन्, खेलाडी पनि आउँदो वर्षका लागि केन्द्रित भएका छन्’, पत्रकारसँगको भेटघाटमा उहाँले भन्नुभयो, ‘मलाई लाग्छ हामीले खेललाई उम्कन दिनुहुँदैन ।’

सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले कोभिड भए पनि नभए पनि आउँदो वर्षको जुलाईमा हुने बताउनुभएको थियो । आयोजकहरु पनि खेल सावधानीपूर्वक सञ्चालन गर्ने तयारीमा जुटेका छन् । 

ओलम्पिकको मिति सारिएको घटना इतिहासमै पहिलो हो, यद्यपि यसअघि पनि युद्धका कारण ओलम्पिक सारिएको थियो । गएको मार्चमा ओलम्पिकको स्थगन घोषणा अघि खेलाडीहरुले प्रतियोगिता सार्नुपर्ने माग गर्दै आईओसीले आफूहरुको जीवन खतरामा पार्न लागेको आरोप लगाएका थिए । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया