संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दामा ४ वर्षपछि सुनुवाइ शुरू
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – कोभिड–१९ (काेराेना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।
सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
प्रवक्ता गाैतमले काेराेनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको सङ्क्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न उहाँले फेरि पनि दोहोर्याउनुभयाे ।
यस्तै सरकारको आग्रहअनुसार धेरैले मास्ककाे प्रयाेग गर्न थालेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।