शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले पीसीआर परीक्षणकाे शुल्क घटाएकाे छ । कोरोना भाइरसकाे सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे हाे ।
पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशाेधन गरेर दुई हजार रुपैयाँ कायम गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । यसअघि पीसीआर परीक्षणकाे शुल्क चार हजार चार सय रुपैयाँ ताेकिएकाे थियाे ।
सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khadka
Sept. 14, 2020, 11:34 a.m.केएमसीले रु २५०० भनेको एक हप्ता नबित्दै सरकारले घोषणा गर्नु ठूलो कुरा होइन / रु ५५०० लिएर बिरोध धेरै भएपछि कम गारे जस्तो गरेर रु ४४०० बनायो, फेरि अरु अस्पतालले २५०० रुपियाँ तोकेपछि अहिले बल्ल सामानको मूल्य घट्यो भन्न लाज लाग्दैन ? हिजो अस्ति पनि बजार मूल्य त्यहि थियो अनि आज पनि बजारमा मूल्य त्यति नै छ / नागरिकलाई उल्लु बनाउन जे गरे नि भयो नि सरकार र शक्तिशालीले .....
rajesh yadav
Sept. 14, 2020, 7:17 a.m.यो पढेर धेरै खुशी लाग्यो यस्तै व्यवस्था अन्य मिडिकल सेवामा हुनुपर्छ। धेरै अस्पतालले सधारन चोटपटक लाग्दा बिना विवरणअनुसार 1234 numbering अधारमा धेरै महँगो operation charge सर्वसाधारणबाट पैसा असुल्ने गर्छ थप अन्य चेकजाँच नाममा मेडिकल सेवा लिने सँग मनपरी पैसा असुल्छन्, यसमा पनि सरकारको ध्यान जाओस्