दोस्रो एक दिवसीयमा इङ्ल्याण्डको जित : सिरिज १/१ को बराबरी

 भदौ २९, २०७७ सोमबार ६:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले अस्ट्रेलियालाई २४ रनले हराएको छ । 

म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो । 

इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६, जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

इङ्ल्याण्ड दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्र बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७३ रन बनाए पनि जिताउन भने सकेनन् । त्यस्तै मार्नस लाबुचांगेले ४५, एलेक्स केरीले ३६ रन बनाएका थिए ।

इङ्ल्याण्डका बलर जोफ्रा आर्चर, क्रिस वोक्स र साम कुरानले ३/३ विकेट लिए । आदील राशिदले एक विकेट लिएका थिए । योसँगै तीन खेलको सिरिज १/१ को बराबरी भएको छ । सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया