शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार
माघ ३०, २०८१ बुधबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक हेलम्बुकी सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
हेलम्बु गाउँपालिकाको पहलमा मरेको बच्चा जन्माएकी हेलम्बु-१ की पेमा लामालाई हेलिकप्टरमार्फत् उद्धार गरी थप उपचारका लागी काठमाण्डौ पठाइएको हो ।
हेलम्बु-७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो सुत्केरी भएकी उहाँको अत्याधिक रक्तश्राव भएपछि हिजो बेलुका मनाङ एयरको हेलिकप्टरमार्फत् काठमाण्डौ पठाएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
सुत्केरीको शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचार भैरहेको छ । अघिल्लो हप्ता पनि हेलम्बु-१ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चामा समस्या देखिएपछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत् उद्धार गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।