याेशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का

 भदौ २९, २०७७ सोमबार १३:३५:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानको अहिलेको सरकारका मुख्य सचिव याेशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

याेशिहिदेले साेमबार निकै सहज रुपमा आन्तरिक मतमा जित हासिल गर्नुभएकाे थियाे । याेशिहिदेलाई ५३४ मतमा ३७७ प्राप्त भएकाे थियाे । यसरी उहाँले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्व रक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेश मन्त्री फुमियाे किशिदाविरुद्ध जित हासिल गर्नुभएकाे हाे । 

प्रधानमन्त्री शिन्जो आबेले गएकाे महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो । आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदाे प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए ।

याेशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिनुहुन्छ । त्यसैले उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।  

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • KAMAL MAN SING BUDHATHOKI

    Sept. 14, 2020, 2:13 p.m.

    अब भनेपछि नेपाल देखि जापानसम्म एन आर एन ए अध्यक्षको चुरीफुरी हुने भो /

  •  0 Reply

तपाईको प्रतिक्रिया