इटालीमा कोरोनाबाट अति प्रभावित क्षेत्र कोडोग्नोमा ७ महिनापछि विद्यालय खुले

 भदौ ३०, २०७७ मंगलबार ६:४८:५ | एजेन्सी
unn.prixa.net

इटालीमा कोभिड १९ अर्थात् कोरोना भाइरस अति प्रभावित भएका क्षेत्रहरुमा ७ महिनापछि विद्यालय खुलेका छन् ।

देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गएको फ्रेबुअरी २१ देखि विद्यालय जान नपाएकोमा सेप्टेम्बर १४ अर्थात् सोमबारदेखि विद्यालय गएका हुन् । कोडोग्नो इटालीको कोरोना भाइरसबाट अति चपेटामा परेको क्षेत्रमध्ये एक हो ।

देशको उत्तरी क्षेत्रमा पर्ने कोडोग्नोमा महामारी उत्कर्षमा पुगेको थियो । इटालीमा दुई महिनासम्म कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । कोरोनाका कारण बालबालिकाहरुले अभिभावक र आफन्त गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउन भन्दा अगाडिको अवस्थामा फर्कन निक्कै महत्वपूर्ण कदम भएको अभिभावक र शिक्षामा सरोकार राख्नेहरुले प्रतिक्रिया दिएका खबरमा उल्लेख छ । बालबालिकाको मात्रै नभएर देशको भविष्यका लागि पनि विद्यालय खुल्नु महत्वपूर्ण भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया