बालबालिकामा पनि मानसिक समस्या बढ्दाे, 'सम्झाइ–बुझाइ गर्दा पनि नभए मनाेविद्लाई देखाऔँ'

 भदौ ३०, २०७७ मंगलबार १७:५०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना महामारी र यसबाट उत्पन्न समस्याका कारण बालबालिकाहरुमा पनि मानसिक समस्या देखिन थालेको छ । कोरोनाको त्रास तथा लकडाउनका कारण उत्पन्न घरायसी समस्याका कारण बालबालिकाहरुमा पनि मानसिक समस्या देखिन थालेको डाक्टरहरुले बताएका हुुन् । 

विद्यालयहरु बन्द हुँदा पहिलेको कार्यतालिका फेरिनु, जताततै कोरोनाको त्रासका चर्चा हुनु, अभिभावकहरुको रोजगारी गुम्नु, व्यवसाय बन्द हुने तथा आम्दानी घट्नाले घरमा हुने कुराकानीका कारण बालबालिकामा समस्या देखिन थालेको मनोचिकित्सक सङ्घकी सहसचिव डाक्टर मीना राईले बताउनुभयो ।

बालबालिकाहरुमा मानसिक समस्या हुँदा तर्सिने, आत्तिने, उदास हुने, टाउको, पेट दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिने डा. राईले बताउनुुभयो । उहाँले त्यस्ता लक्षण देखिएमा आफ्ना बालबालिकालाई सम्झाइ बुझाइ गर्न आग्रह गर्नुभयो । सामान्य अवस्थामा अभिभावकको व्यवहारले ठिक हुने र समस्या जटिल भएमा मनोविद्हरुलाई देखाउन पनि उहाँले सुझाव दिनुुभएको छ ।

यस्तै कतिपय बालबालिकाहरु मोबाइल, कम्प्युटरमा झुम्मिदा पनि स्वास्थ्यमा समस्या हुने भएकोले अभिभावक आफू पनि यस्ता उपकरण कम चलाउनुपर्ने र बालबालिकालाई पनि धेरै चलाउन दिन नहुने उहाँको भनाइ छ ।

उहाँले आफ्ना बालबालिकाको उमेर र क्षमताअनुसार दैनिक कार्यतालिका बनाएर कार्यान्वयन गरेमा बालबालिकामा मानसिक समस्या कम हुने बताउनुभयो । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया