सीमा नाका असोज ३० गतेसम्म बन्द रहने

 भदौ ३०, २०७७ मंगलबार १९:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण कम नभएपछि भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

यस्तै साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् ।

इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया