युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त, मन्त्रीसरह सुविधा

 भदौ ३०, २०७७ मंगलबार १९:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  

खतिवडाले गएकाे भदाै १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाकाे कारण राजीनामा दिनुभएकाे थियाे । 

साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले खतिवडाकाे ठाउँमा वामदेव गाैतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया