अमेरिकामा कोरोनाका १० जना बिरामीमध्ये एक जना उपचारका लागि दोस्रोपटक अस्पताल भर्ना

 असोज १, २०७७ बिहीबार ६:२२:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा १० जना कोराेनाका बिरामीमध्ये एक जनालाई दोस्रोपटक अस्पताल भर्ना गर्नुपरेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।

एकपटक उपचार गरी अस्पतालबाट डिस्चार्ज गरेपछि दोस्रो पटक भर्ना गर्नु परेको जर्नल एकेडेमिक इमरजेन्सी मेडिसिनले उल्लेख गरेको हो । अध्ययन प्रतिवेदनका अनुसार अस्पतालमा उपचारपछि डिस्चार्ज भएका १० जनामध्ये एक जना कोरोनाका बिरामीलाई एक हप्ताभित्रै दोस्रो पटक भर्ना गर्नुपरेको पाइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएर दोस्रो पटक भर्ना गर्नुपरेका बिरामीमा अक्सिजनको कमीका साथै खोकीको लक्षण पाइएको थियो । तीन महिनाको अवधिमा अस्पताल भर्ना भएका १४ सय मानिसमा गरिएको अनुसन्धानले देखाएको अध्ययन प्रतिवेदनको दाबी छ ।

अनुसन्धानकर्ता आस्टिनफिलारुले यो रिपोर्टबाट डाक्टरलाई कोरोनाको बिरामीबारे थप बुझ्ने मौका मिलेको प्रतिक्रिया दिनुभएको छ । अध्ययनका अनुसार डिस्चार्ज गरेपछि कुल सङक्रमितमध्ये ४ दशमलव ७ प्रतिशतलाई दोस्रो पटक भर्ना गर्नुपरेको र ३ दशमलव ९ प्रतिशतलाई एक हप्ताभित्रै भर्ना गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकामा कोरोनाभाइरस सङक्रमितको संख्या ६८ लाख नाघेको छ । सङक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख भन्दा धेरै छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया