राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – कोरोना भाइरसको महामारी नियन्त्रणमा पाएको सफलताले प्रशंसा बटुलेको न्युजिल्याण्ड आर्थिक मन्दीबाट भने नराम्रोसँग प्रभावित भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि लगाएका कडा प्रतिबन्ध तथा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएका कारण न्युजिल्याण्डको अर्थतन्त्र ४० वर्षयताकै खराब अवस्थामा आइपुगेको बीबीसीले जनाएको छ ।
गएकाे अप्रिलदेखि जुन महिनाको अवधिमा न्युजिल्याण्डको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १२ दशमलव २५ प्रतिशतले घटेको पाइएको खबरमा उल्लेख छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटयता न्युजिल्याण्डको यो पहिलो आर्थिक मन्दी हो भने सन् १९८७ यताकै यो सबभन्दा खराब गिरावट रहेको बीबीसीले जनाएको छ ।
तर सरकारले महामारी नियन्त्रणका लागि चालेका प्रभावकारी कदमका कारण खराब अवस्थाबाट अर्थतन्त्र छिट्टै सुध्रने आशा गरेको छ । अर्थमन्त्री ग्र्यान्ट रोबर्टसनले जीडीपीको आँकडा सोचेभन्दा राम्रै देखिएको र महामारी नियन्त्रणमा रहेकोले आगामी दिनमा बलियो सुधार हुने बताउनुभएको खबरमा उल्लेख छ ।
न्युजिल्याण्डमा आउँदो महिना हुने चुनावमा अर्थतन्त्र प्रमुख मुद्दा बन्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।